हुवावेले आफ्ना दुईवटा फ्ल्यागशिप स्मार्टफोन सार्वजनिक गरेको छ। कम्पनीले पी ९ र पी ९ प्लस सार्वजनिक गरेको हो।
यी फोनको विशेषता भनेको यसको क्यामरा हो। दुवै फोनमा पछाडि १२ मेगापीक्सेलका दुईवटा र अगाडि ८ मेगापीक्सेलको क्यामरा छ।
हुवावे पी ९ मा ५.२ इन्च फुल एचडी डिस्प्ले, ३ जीबी र्याम र ३२ जीबी मेमोरी छ। यस स्मार्टफोनको अर्को भर्जनमा ४ जीबी र्याम र ६४ जीबी इन्ट मेमोरी छ। १२८ जीबीसम्मको मेमोरी कार्ड यस फोनमा प्रयोग गर्न सकिन्छ