Wednesday, 15 July 2015

सामसुङ नोट ५ अगष्टमा आउने, के के छन् त यसका विशेषता?

सामसुङले आगामी महिना अगष्टमा नोट फाईभ सार्वजनिक गर्ने भएको छ । यससँगै सामसुङले ग्यालेक्सी एस सिक्सको डुअल एज संस्करण पनि सार्वजनिक भएको छ।
 
डिजिटाइम्स नामको एक वेबसाइटले यी दुवै स्मार्टफोनका सार्वजनिक गरिने मिति खुलासा गरेको हो । साथै अगष्ट १४ देखि भने ग्राहकले यो स्मार्टफोन खरिद गर्न सक्ने पनि बताइएको छ। 
 
सामसुङले धेरैजसो नोटको सिरिजहरु सेप्टेम्वर महिनामा  सार्वजनिक गर्ने गरेको थियो । तर यसपटक भने अगष्ट महिनामै नोटको सिरिज बजारमा ल्याउने बुझिएको छ। साथै यो नोट फाइभले नयाँ आइफोनलाई टक्कर दिने संभावना रहेको पनि बताइएको छ। 
 
यसका विशेषताहरु यसप्रकार रहेका छन्ः
 
नोट फाइभमा Exynos 7422 चिपसेट रहने छ  । यो धेरै नै शक्तिशाली प्रोसेसर हो जसमा कस्टम मेड CPU, GPU, RAM, स्टोरेज र मोडेम रहनेछ । साथै यसमा ४ जीबीको र्‍याम रहनेछ । साथै यसमा १६ मेगापीक्सेलको क्यामरा रहनेछ । तर सेल्फी क्यामरा के कस्तो छ भन्ने वारेमा भने अहिलेसम्म केही खुलाएको छैन।
 
डिजाइनः
यसमा ५.७ वा ६ इन्चको डिस्प्ले रहने संभावना छ। यसमा मेटलकै फ्रेम राख्ने प्रवल संभावना रहेको छ। साथै यसको व्याक कभर छालाको नभई ग्लास प्यानल हुन सक्ने संभावना  रहेको छ। साथै यसमा २के रिजोलुसन रहनेछ । साथै यसमा ५.४ या ५.५ इंच को एमाेलेड एज कर्व्ड स्क्रिन रहने छ

No comments:

Post a Comment