Wednesday, 26 August 2015

टेलिकमको हटस्पट वाइफाइ कसरी चलाउने?

  • नेपाल टेलिकमले आफ्ना ग्राहकहरुको सुविधाका लागि हटस्पट वाइफाइको सुविधा ल्याएको करिब डेढ वर्ष भइसकेको छ। तर पनि हामीमध्ये धेरैले यसको सुविधा लिन सकेका छैनौ। हामीमध्ये कतिपयलाई यो हटस्पट वाइफाइ कसरी चलाउने भन्ने बारे जानकारी छैन।  यस्तै कतिपयलाई यो कुन कुन स्थानमा उपलब्ध छ भन्ने बारे जानकारी नभएर टेलिकमले ग्राहकका लागि दिएको यो सुविधा धेरैले उपभोग गर्न सकेका छैनन्।
नेपाल टेलिकमको हटस्पट वाइफाइबाट नेपालका विभिन्न स्थानमा इन्टरनेट चलाउन सकिने टेलिकमका सह–प्रवक्ता डिल्लीराम अधिकारीले बताए।
ती स्थानमा वाइफाइ मार्फत इन्टरनेट चलाउनको लागि जिएसएम तथा सिडिएमए पोष्टपेड वा प्रिपेड मोवाइलको म्यासेज बक्समा गई wifi टाइप गरी १४१६ मा म्यासेज पठाउनुपर्छ।त्यसपछि आफूलाई प्राप्त हुने पासवर्ड प्रयोग गरेर इन्टरनेट चलाउन सकिन्छ।
यो सेवा प्रयोग गरे वापत ग्राहकहरूको मोबाइलबाटै १० रुपैयाँ ब्यालेन्स काटिन्छ। उक्त ब्यालेन्सबाट २४ घन्टा भित्र एक घन्टासम्म इन्टरनेट चलाउन सकिन्छ। यो ६० मिनेटको समयलाई २४ घण्टा भित्र जतिखेर र जसरी चलाएपनि हुने टेलिकमले जनाएको छ।
उपत्यकाका तीनै जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा कहाँ कहाँ छन् हटस्पट वाइफाई पाइने स्थानहरू?
काठमाडौः
१. कलेज/कार्यालयहरुः
काठमाडौँ इन्जिनियरिङ कलेज, फिटनेस स्टुडियो लाजिम्पाट, सञ्चार मन्त्रालय, एक्मि इन्जिनियरिङ कलेज, सूचना विभाग, महानगरपालिकाको कार्यालय, कम्फर्ट हाउजिङ सानो भर्‍याङ, आन्तरिक र बाह्य एयरपोर्ट, एड्भान्स इन्जिनियरिङ कलेज, एमाले पार्टी कार्यालय, अरविन्दाश्रम, नेपाल प्रहरी प्रशिक्षण केन्द्र, कान्तिपुर इन्जिनियरिङ कलेज, केशर महल, त्रिभुवन विश्वविद्यालय।
२. अस्पतालहरुः
हेल्पिङ ह्याण्ड्स चावहिल,  टिचिङ अस्पताल, बि.पी. कोइराला मेमोरियल अस्पताल, वीर अस्पताल, छाउनी अस्पताल, कान्ति बाल अस्पताल, गंगालाल अस्पताल, प्रसुति गृह थापाथली, ब्लु क्रस अस्पताल, मनमोहन मेमोरियल अस्पताल, नेपाल मेडिकल कलेज, स्टार हस्पिटल, वयोधा अस्पताल बल्खु।
३. स्थानहरुः
नारायणहिटी र नागार्जुन आर्मी ब्यारेक, गोंगबु बसपार्क, भृकुटी मण्डप, दक्षिणकाली, बानेश्वर चोक, ठहीटी चोक, जनसेवा मार्ग डल्लु, मखन, ठमेल ख्वाःबहाल, विजेश्वरी, असन, कालिकास्थान, महाराजगञ्ज, फर्पिङ, नरसिंह चोक, ठमेल, सिनामंगल।
४.नेपाल टेलिकमका कार्यालयहरुः
सुन्धारा काउण्टर –२, केन्द्रीय कार्यालय भद्रकाली, पुल्चोक काउण्टर, बलम्बु, कीर्तिपुर, ग्वार्को, छाउनी, गोंगबु, चावहिल, इन्द्रायणी, जोरपाटी, सुन्दरीजल, कपन, बबरमहल, कोटेश्वर, नक्साल।
भक्तपुरः
१. काठमाडौँ फन भ्याली पलाँसे।
२. स्थानहरुः भक्तपुर दरबार स्क्वायर, दत्तात्रेय मन्दिर, कौशलटार, बहाख बजार ठिमी, लोकन्थली।
३. जनस्वास्थ्य भक्तपुर
४. नेपाल टेलिकमका कार्यालयहरुः भक्तपुर, थिमी, तेलकोट, खरीपाटी।
ललितपुरः
१. कलेज/कार्यालयहरुः
पाटन मालपोत, साझा बस यातायात कार्यालय र ललितपुरका साझा बसहरूमा, अशोक हल, नेपाल विद्युत प्राधिकरण, नेपाली कांग्रेस पार्टी कार्यालय।
२. अस्पतालहरू
किस्ट मेडिकल हल, सुमेरु सिटी र सुमेरु सामुदायिक अस्पताल, वि एण्ड वि, अल्का, पाटन अस्पताल।
३.पाटन दरबार र मंगल बजार दुपट।
४. नेपाल टेलिकमका कार्यालयहरुः लुभु, सैँबु, ठेचो, पाटन।
यसप्रकार  उपत्यका अन्य पनि केही स्थानमा नेपाल टेलिकमको हट–स्पट प्रयोग गर्न सकिने अधिकारीले बताए।

Thursday, 20 August 2015

नेपालका १० ठूला आइटी कम्पनी, जसले दिन्छन २५ हजारदेखि २ लाखसम्म तलब

नेपालका १० ठूला आइटी कम्पनी, जसले दिन्छन २५ हजारदेखि २ लाखसम्म तलब
काठमाडाैं-नेपाल आइटीमा राम्रो सम्भावना बोकेका देशहरुमध्येको एक हो । झण्डैं ५ सय कम्पनी रहेको नेपाली इन्फर्मेशन टेक्नोलोजी मार्केटमा १० हजार बढीले रोजगारी पाएका छन् ।

'गुपचुप'जस्तो देखिने नेपाली आइटीको लहरो सम्पन्न देशहरुमा हुने विजनेश प्रोसेसिङ आउट सोर्सिङ (बिपिओ)सँग जोडिएको छ ।  आउट सोर्सिङबाट नेपालका आइटी कम्पनीहरुले वाषिर्क रुपमा २५ देखि ३० मिलियन डलर (करिब ३ अर्ब रुपैयाँ) नेपाल भित्र्याइरहेको ब्यवसायीहरु बताउँछन् । उनीहरुका अनुसार यो बजारलाई ब्यवस्थित गर्न सकेमा यस्तो आम्दानी पाँच गुणासम्म वृद्धि हुने सम्भावना छ ।

यी कम्पनीमा काम गर्ने कर्मचारीको सेवा सुविधा पनि निकै आकर्षक हुन्छ । यस्ता कम्पनीमा काम गर्ने मानिसले मासिक न्यूनतम २५ हजार देखि २ लाख रुपैयाँसम्म कमाउने गरेका छन् ।

आइटी इन्जिनियर वा माथिल्लो पदमा रहेर काम गर्ने कर्मचारीका लागि अन्य विशेष सुविधा उपलब्ध गराइएको हुन्छ । उनीहरुले विदेशका सुविधासम्पन्न कम्पनीमा काम गरेको आनन्ददायक अनुभव नेपालकै यी आईटी कम्पनीबाट लिने गरेका छन् ।

सफ्टवेयर डेभलपमेण्ट, एप, वेव सिष्टम, एसइओ, वेब साइट डिजाइन एवं डेभलपमेण्टजस्ता आइटीसँग सम्बन्धित कामहरु नेपाली आइटी कम्पनीले विदेशका विभिन्न देशहरुका लागि गर्छन् । अहिले भारत, चीन, फिलिपिन्स, भियतनाम, कोस्टारिका जस्ता देश आउट सोर्सिङका प्रमुख हबका रुपमा रहेका छन् । त्यसपछिको ठूलो सम्भावना बोकेको देशका रुपमा नेपाललाई हेरिएको छ ।

नेपालमा ५ सय आइटी कम्पनीहरुमध्ये धेरैजसो कम्पनी नेपालीकै लगानीमा खडा भएका छन् । केही कम्पनीहरु भने विदेशीहरुले चलाइरहेका छन् । तर, ति सबै कम्पनीमा नेपालीहरु नै काम गर्छन् । नेपालमा रहेका केही ठूला मध्येका १० आइटी कम्पनी यस्ता छन्

१. भेरिक्स इन्फर्मेशन टेक्नोलोजी

सन् २००० मा अमेरिकामा बस्ने नेपाली रुद्र पाण्डेले क्रिस काइटरसँग मिलेर डिटु हकाई कम्पनी खोलेका थिए । त्यो कम्पनीले नेपालमा पनि आइटी कम्पनी स्थापना गर्‍यो ।

  सम्भवतः नेपालको आउट सोर्सिङमा पायोनियर मानिने यो कम्पनी पछि सन् २००९ मा भेरिक्सको नामले चिनिन थाल्यो । अहिले कम्पनीले अमेरिकी बजारमा नेपालबाट ठूलो मात्रामा आउट सोर्सिङ गर्छ । पाण्डेले यो कम्पनी अहिले विदेशीलाई नै बेचिसकेका छन् ।

  भेरिक्समा ३५० जना भन्दा बढीले काम गर्छन् । यसले सफ्टवेयर डेभलमेण्टका विभिन्न कामहरु गर्छ । हात्तीसारमा रहेको यो कम्पनीले अमेरिकामा चर्चामा रहेका कम्पनीहरुसँग सहकार्य गरेको छ । अमेरिकी हेल्थ केयर र इन्स्युरेन्सका सफ्टवेयर बनाउने लगायतका कामको आउट सोर्सिङ यो कम्पनीले गर्दै आएको छ ।

२. डियर वाक

यो कम्पनी पनि रुद्र पाण्डेकै हो । पाण्डेले भेरिक्स विदेशीलाई बेचेपछि यो कम्पनी खोलेका हुन् । नेपालमा आइटीको ठूलो कम्पनी मध्येमा गनिन्छ डियरवाक । पाण्डे अमेरिकामा बसेर नेपालमा यो कम्पनी हाँक्छन् ।

आइटी कलेज खोल्ने लक्ष्य लिएको यो कम्पनी पहिले पाण्डेकी श्रीमतीले चलाउथिन पछि उनी स्वयं त्यहाँ गए । सन् २००९ मा खोलिएको यो कम्पनीले अमेरिकी बजारबाट आउट सोर्सिङको काम लिने गरेको छ ।

कम्पनीका सोलुसन आर्टिटेक्ट लभ काफ्लेकाअनुसार अहिले डियर वाकमा झण्डैं ३५० जनाले काम गर्छन् । अमेरिकी मेडिकेयर क्षेत्रका आइटीसँग सम्वन्धित कामहरु यसले गर्दै आएको छ । डियर वाक सफ्टवेयर निर्माणका लागि कहलिएको कम्पनी हो ।

यसको मूख्य कार्यलय काठमाडौंको सिफलमा छ ।

३. एफ वान सफ्ट

११ वर्षअघि एक सामान्य युवा विद्यार्थी विश्वास ढकालले कोठाबाट सुरु गरेको कम्पनीले अहिले एफ वान सफ्टका रुपमा नेपालमा मात्र होइन्, विश्व बजारमै नाम कमाइरहेको छ ।

नेपालमा क्यास अन एड, इ-सेवा, फोन पे जस्ता चर्चित सेवाका साथै बैकिङ सफ्टवेयर तथा एप्स निर्माणमा समेत एफ वान सफ्टले ख्याति कमाएको छ ।

२५० जना स्टाफ रहेको यो आइटी कम्पनीमा १२० जना त इन्जिनियर मात्रै छन् ।

कमलपोखरीमा रहेको यो कम्पनीको छातामुनि अन्य चार वटा कम्पनी फोन पे (इसेवा), सिरनटेक, धर्मा टेक र क्यास अन एड छन् ।

यो कम्पनीमा काम गर्ने जनशक्ति सबै नेपाली हुन् ।


४. स्प्राउट टेक्नोलोजी

स्प्राउट टेक्नोलोजी नेपालको अर्को ठूलो आइटी कम्पनी हो । यो विदेशीले नेपालमा सञ्चालन गरेको आइटी कम्पनी हो । विश्वका ३० देशहरुमा आउट सोर्सिङ गर्ने यो कम्पनीले आफ्ना कामहरु नेपाल र केन्यामा बढी फोकस गरेको छ ।  याे कम्पनीमा १३० जनाले काम गरिरहेका छन् ।

अनलाइन जबहरु, सफ्टवेयर, डाटा इन्ट्रीलगायतका कामहरु यो कम्पनीले गर्छ । यसको मुख्य कम्पनी भने क्लाउड फ्याक्ट्री हो । यसको कार्यालय ललितपुरको भैसीपाटीमा रहेको छ ।

५. इबी पर्ल्स

इबी पर्ल्स  नेपालका आइटी कम्पनीहरुको लहरमा अर्को ठूलो कम्पनी हो । काठमाडौंमा १२० स्टाफ सहितको कार्यालय रहेको रहेको यो कम्पनीले २८०० प्रोजेक्टमा काम गरिरहेको छ ।

वेव डिजाइन, मोबाइल एप, इ-कमर्स, इन्टरप्राइजमा यो कम्पनीले काम गर्दै आएको छ । कुपण्डोलमा मूख्य कार्यलय रहेको इबी पल्र्सको शाखा कार्यलयहरु अस्ट्रेलियाको सिड्नी, मेलबर्न र लण्डनमा रहेका छन् ।

यो अस्ट्रेलियन मल्टीनेशलन कम्पनी हो । यसले अस्ट्रेलियन सरकारका विभिन्न निकायदेखि सामसुङलगायत विभिन्न कम्पनीहरुसँग काम गरिरहेको छ ।

 ६. लिपफ्रग

हिमालप्रसाद कर्माचार्य प्रमुख कार्यकारी अधिकृत रहेको कम्पनी लिपफ्रग नेपालको आइटी कम्पनीहरु मध्येको अर्को ठूलो कम्पनी हो ।

सन् २०१० मा ८ जना स्टाफ लिएर सुरु भएको यो कम्पनीले दुई वर्षमै ठूलो छलाङ मार्न सफल भएको हो । लिपफ्रगका एचआर म्यानेजर प्रकाश ढकालका अनुसार कम्पनीले अमेरिकाको म्यासाच्युट्स राज्यमा रहेको लिपफ्रग टेक्नोलोजी अाइएनसीको 'क्लाइन्ट'का रुपमा काम गर्छ ।

'हामीले मुख्य गरी युएसका लागि काम गर्छौ,' उनले भने । अहिले यो कम्पनीमा १२० जना कर्मचारी कार्यरत छन् । जसमध्ये १ सय बढी इन्जिनियरहरु छन् । कम्पनीले प्रत्येक वर्ष भर्खरै इन्जिनियरिङ पास गरेका विद्यार्थीहरु लिनका लागि तीन वटा ट्रेनिङ समेत गर्ने गरेको छ । कम्पनीले सफ्टवेयर डेभलमेण्टको काम गर्छ । यो कम्पनीको कार्यलय डिल्लिबजारमा रहेको छ ।

७. एभिओन्ते

नयाँ बानेश्वरमा रहेको एभिओन्तेले नेपालको अर्को ठूलो आइटी कम्पनी हो । यो कम्पनीको मुख्य काम सफ्टवेयर डेभलपमेण्ट हो ।
  यसले इबुक, डाटा माइग्रेशन, अमेरिकन बैंकको डाटा सेक्युरिटी, डाटा कन्भर्जनलगायतका कामहरु गर्छ । यो कम्पनीले नेपालका केही बाहेक सबै अमेरिकाको काम गर्छ ।

  अमेरिका मुख्य कार्यालय रहेको यो कम्पनीको स्थापना सन्दीप आचार्यले आफ्ना साथीसँग मिलेर गरेका हुन् ।


यो कम्पनीको नेपाल अफिसको सिइओ अहिले उनकी श्रीमती सलुजा आचार्य छिन् ।

  यो कम्पनीमा झण्डैं १ सय बढीले काम गर्छन् । जसमा ६० जनाभन्दा बढी  आइटी इन्जियिनर छन् ।


  ८. ब्रेन डिजिट आइटी सोलुसन :
 सन् २००८ मा स्थापना भएको नेपाली बजारको अर्को आइटी कम्पनी हो ब्रेन डिजिट । कालिकास्थान काठमाडौंमा रहेको यो आइटी कम्पनीले ग्लोबल मार्केटमा विजनेश एप्लीकेशन डेभलमेण्ट, इन्टरप्राइज कन्टेण्ट डेभलपमेण्ट, मोबाइल एप, कोलाबोरेटिभी इ-कमर्स सोलुसनजस्ता सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

ब्रेन डिजिटले क्यानडा र फिलिपिन्समा आउट सोर्सिङ गर्छ । यसबाहेक विश्वका अरु विभिन्न देशहरुमा पनि यसले आफ्ना उत्पादनहरु पुर्‍याउँदै आएको छ । यसले नेपालको श्रम मन्त्रालय र एनसेलका प्रोजेक्टहरुमा पनि काम गरेको छ । कम्पनीले विभिन्न अवार्डहरु पनि हात पारेको छ ।

हरिमान प्रधान यसका अध्यक्ष रहेका छन् भने निश्चलमान प्रधान प्रमुख कार्यकारी अधिकृत हुन् । यसमा १ सय बढी कर्मचारी रहेका छन् ।


९. योमरी सोलुसन

सन् १९९७ मा स्थापना भएको हो योमरी सोलुसन । यो नेपालको पूराना आइटी कम्पनीमध्येको एक हो । योमरीले सफ्टवेयर निर्माण, वेव डेभलपमेण्टलगायतका विभिन्न कामहरु गर्छ ।

यसले नेपाल सरकार, सार्क, नेपाल टेलिकमलगायतका विभिन्न राष्ट्रिय/अन्तर्राष्ट्रिय संगठन तथा ब्यवसायिक, शैक्षिक घरानाका प्रोजेक्टहरुमा काम गरिसकेको छ ।  ललितपुरको मानभवन कार्यालय रहेको यो आइटी कम्पनीमा ७० जना भन्दा बढीले काम गर्छन ।


१०. एक्सेस कि

अर्जुन ठकुरी प्रमुख कार्यकारी अधिकृत रहेको एक्सेस की पनि नेपालका ठूला आइटी कम्पनी मध्येकै अर्को एक हो । जसमा ५२ जना कर्मचारीहरुले काम गर्छन् ।

यसले वेव साइट डिजाइन तथा डेभलपमेण्ट, इकमर्स, सर्च इन्जिन अप्टीमाइजेशन, मोबाइल एप्लीकेशनलगायतका विभिन्न कामहरु गर्दै आएको छ ।

एक्सेसकीले पनि आफ्ना प्रोडक्टहरु आउट सोर्सिङ गर्दै आएको छ । एक्सेस कीको कार्यालय काठमाडौंको रवीभवनमा रहेको छ ।

आइटीका अन्य १० ठूला कम्पनीहरुः 
११. लिंक प्लस
१२. माइक्रोसफ्ट इनोभेसन सेन्ट
१३. जाभ्रा
१४. एसपीआई
१५. ग्रोबाइ डाटा
१६. लगप्वाइन्ट
१७. जानकी टेक्नोलोजी
१८. लिंक प्रोफेसनल कम्प्युटर सिष्टम
१९. मण्डला सफ्टवेयर
२०. हाइटेक सोलुसन  

Wednesday, 19 August 2015

संसारकै पहिलो वाई-फाई फ्री देश

आजकल हरेक मोबाइलमा वाई-फाईको सुबिधा हुने गर्दछ । हाम्रो देशको मुख्य शहरका होटल,रेस्टुरेन्ट,हस्पिटल लगायतको स्थानमा  फ्री वाई-फाई लेखेको देख्न पाइन्छ । यस्तै हाम्रो छिमेकी श्रीलंका अबको केही समय पश्चात वाई-फाई फ्री देश हुने भएको छ  ।
free-wifi
श्रीलंका सरकार र बहुराष्ट्रीय कम्पनी गूगलको बीच भएको सम्झौता अनुसार मार्च २०१६ सम्म पुरा श्रीलंकाली जनताले फ्री वाई-फाईको सुविधा उपभोग गर्न पाउने छन । डेली मिररको अनुसार  फ्री वाई-फाई गूगल लूनको मध्यम बाट उपलब्ध गराइने छ  ।
श्रीलंका संसारकै पहिलो देश बन्नेछ जहाँ इन्टरनेटको  यूनिवर्सल ऐसेस हुनेछ गूगल लूम टेक्नोलोजीलाई पूर्ण रुपमा अपनाउने पहिलो देश पनि हुनेछ  ।

साझा बस चढ्दा नगद पैसा बोक्नु नपर्ने !





यातायातको बसभाडा तिर्नका लागि उपभोक्ताले अब खल्तीमा नगद पैसा बोक्नु नपर्ने भएको छ। तर यसका लागि पहिले १ सय ५० रुपैयाँको डिजिटल कार्ड भने किन्नुपर्ने छ। सो कार्डबाटै भाडा तिर्नुपर्ने नियम साझा यातायातले बनाउने तयारी गरेको छ।
कार्डबाटै भाडा भुक्तानी गर्नका लागि नेपालमै पहिलो पटक यस्तो व्यवस्था थालनी हुन लागेको हो। यदि यसको परीक्षण सफल भई कार्यान्वयनमा आएमा यातायातको दुरीअनुसारको भाडामा एकरुपता आउने तथा यात्रु पनि ठगिनबाट जोगिने छन्। यसले नियमित यात्रुहरुका लागि झनै फाइदा पुग्ने देखिन्छ।
नेपाल बैंकको सहकार्यमा यस्तो डिजिटल कार्ड प्रयोगमा ल्याउन लागिएको साझा यातायातका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले जानकारी दिए। कार्डको परीक्षण सुरु भएको समेत उनले बताए। यसका लागि उपभोक्ताले पहिला साझाको सो डिजिटल कार्ड किन्नुपर्दछ। १ सय ५० रुपैयाँमा डिजिटल कार्ड किनेपछि सो कार्डमा आफूले जति रकम हाल्न चाहेको हो, त्यति रकम व्यालेन्सका रुपमा राख्न पाउँछन्।

पाण्डेका अनुसार साझा यातायातको पछाडि र अगाडिको ढोकामा २ वटा मेसिन राखिनेछ। ति मेसिनहरुमा कार्ड देखाएपछि स्वतः भाडा काटिनेछ। बसमा चढ्ने बेला पछाडिको ढोकामा रहने मेसिनमा कार्ड देखाउने र झर्ने बेलामा अगाडिको ढोकामा रहेको मेसिनमा कार्ड देखाएपछि यात्रुले कति किलोमिटर यात्रा गर्यो, कार्डबाट सो अनुसारको भाडा काटिने उनले बताए।
उनका अनुसार यदि चढ्दाखेरि मेसिनमा कार्ड देखाएर झर्ने बेलामा कार्ड नदेखाउने हो भने पनि कार्डबाट अधिकतम भाडा २० रुपैयाँ काटिनेछ। त्यस्तै विद्यार्थीहरुका लागि पनि यो कार्डबाटै आधा छुट हुनेगरी भुक्तानीको व्यवस्था हुनेछ।
हाल काठमाडौं उपत्यकामा २ रुटमा १६ वटा साझा यातायातका बसहरु सञ्चालनमा छन्।
नयाँ बसपार्क–चक्रपथ–लाजिम्पाट–जमल–शहिदगेट–त्रिपुरेश्वर–पुल्चोक हुँदै लगनखेलसम्म र लगनखेलबाट सोही रुट हुँदै नयाँ बसपार्कसम्म १० वटा बसहरु सञ्चालनमा छन्। त्यस्तै स्वयम्भू–कलंकी–त्रिपुरेश्वर–कमलपोखरी–गौशाला हुँदै एयरपोर्टसम्म पुग्ने र सोही रुट हुँदै फर्किने ६ वटा वसहरु सञ्चालनमा छन्।
दोस्रो रुटमा भन्दा पहिलो रुट (नयाँ बसपार्क–लगनखेल)को रुटमा आम्दानी बढी हुने गरेको पाण्डेले जानकारी दिए। यद्यपी वस सेवा सञ्चालनबाट नाफा नरहेको तर नोक्सान पनि धेरै नभएको उनको भनाई छ। ‘हामीले नाफाभन्दा पनि सेवालाई जोड दिएरै साझा यातायात सञ्चालन गरेका हौँ,’ उनले भने।
हाल सञ्चालनमा रहेका साझा बसहरुमा ड्राइभरसहित ५५ सिट क्षमता रहेको छ। बसभित्र कुनै अवाञ्छित गतिविधि नहोस् भन्नका लागि सिसिटिभी पनि राखिएको छ। साझा वसमा यात्रा गर्ने यात्रुलाई मनोरञ्जन प्रदान गर्नका लागि टेलिभिजन पनि राखिएको छ।
पछाडि ढोकाबाट चढ्ने र अगाडिको ढोकाबाट झर्ने व्यवस्था रहेकाले भीडभाडमा पनि यात्रुहरुलाई अन्य सवारीसाधनमा भन्दा सहजता भएको छ। वि.सं. २०१८ सालदेखि नै नेपालमा साझा यातायातको स्थापना भएको मानिन्छ। त्यसपछि २०५८ सालमा यसको सेवा बन्द भयो। पछि २०६९ सालमा पुनः १६ वटा नयाँ बस खरिद गरी सेवा सुरु भएको हो।
११ वर्षसम्म विशेष प्राविधिक कारणले बन्द रहेको साझा यातायातले पछिल्लो पटक सर्वसाधारणको मन जित्न सफल भएको छ। यही कारणले अन्य ठूला सिटी बसहरु पनि थप्ने तयारी साझाले गरेको छ। यस सम्वन्धमा महानगरपालिकाको सेयर हुनेगरी सम्झौता भइसकेको छ। २५ देखि ३० वटा ठूला सिटी बसहरु थपिने साझाले जनाएक














Tuesday, 18 August 2015

टेलिकमले ल्यायो एनसेल पछार्ने योजना

काठमाडौं, ३२ साउन । नेपाल टेलिकमले मंगलबारदेखि लागू हुने गरी जिएसएम प्रिपेड मोवाइल फोनमा डाटा प्याकेज सेवा सार्वजनिक गरेको छ । टेलिकमले ३ खण्डमा बर्गिकरण गर्दै डाटा प्याकेज योजना सार्वजनिक गरेको हो । ब्रोञ्ज प्याक, सिल्भर प्याक र गोल्ड प्याक गरि डाटा प्याकेजलाई ३ खण्डमा वर्गिकरण गरिएको हो ।
ब्रोञ्ज प्याक एक महिनाका लागि दुईसय एमबी डाटा १ सय ३० रुपैयाँ पर्ने टेलिकमले जनाएको छ। त्यस्तै ५ सय एमबी डाटा तीनसय रुपैयाँमा पाइने समेत उसले जनाएको छ ।
सिल्भर प्याक अन्र्तगत एक जिबी डाटा ५ सय रुपैयाँमा महिनाभरि चलाउन सकिने र तीन जिबी डाटा १ हजार २ सय ९० रुपैयाँमा दुई महिना चलाउन सकिने टेलिकमले जनाएको छ ।
टेलिकमको गोल्ड प्याक अन्र्तरगत पाँच जिबीको डाटा १८ सय रुपैयाँमा तीन महिना चलाउन सकिन्छ । साथै १० जिबी डाटा २८ सय रुपैयाँमा ६ महिना चलाउन सकिने नेपाल टेलिकमले जानकारी दिएको छ ।
यो सुविधा लिनका लागि चाहिएको डाटा प्याक उल्लेख गरी १४१५ मा एसएमस पठाउनु पर्ने टेलिकमले जनाएको छ । प्रयोग गरेको डाटा प्याक थाहा पाउन भिएल टाइप गरी १४१५ मा एसएमएस गर्नुपर्ने छ । साथै टेलिकमले २७ पैसा भन्दा कममा एक एमबी डाटा चलाउन सकिने समेत जनाकारी दिएको छ। सम्पूर्ण शुल्कमा १३ प्रतिशत भ्याट लाग्ने टेलिकमले जनाएको छ ।
Dataa
- See more at: http://medianp.com/2015/08/65052.html#sthash.fk3LOABt.dpuf

Sunday, 16 August 2015

नेपाली एप्सको आफ्नै स्टोर

तपाईं कुन अपरेटिङ सिस्टम (ओएस) भएको स्मार्टफोन चलाउनु हुन्छ ? आइओइस, एन्ड्रोइड, विन्डोज, ब्ल्याकबेरी वा अरु कुनै ? ती सबै प्लेटर्फमका छुट्टाछुट्टै एप्लिकेसन्स (एप्स) स्टोर छन् । आफूलाई आवश्यक परेको एप्स सम्बन्धित प्लेटर्फमको भन्डारमा गएर डाउनलोड गर्‍यो । चलायो ।
एन्ड्रोइड मोवाइल चलाउनु हुन्छ भने अब ओएस डेभलपर कम्पनी गुगलकै प्लेस्टोरमा गएर मात्र एप्स डाउनलोड गर्नु पर्ने छैन । नेपाली एप्सको स्टोर छुट्टै छ 'एप्स झोला' नाममा । नामैले नेपालीपन झल्किने यस झोलामा नेपाली डेभलपरले डेभलप गरेका एप्स हुने नै भए, अन्तराष्ट्रिय स्तरमा चर्चामा रहेका केही एप्स समेत तपाईंलाई उपलब्ध हुने छन ।
गुगलले प्रोमोट गरेको गुगल डेभलपर गु्रप काठमाडौंका भुपाल सापकोटा, प्रभातमान श्रेष्ठ, हेम श्रेष्ठ र सुदीप तुलाधरले राजधानीमा आयोजित स्टार्टअप विकेन्डमा सहभागी हुदा नेपाली एप्सको स्टोरको कन्सेप्ट ल्याएका थिए । 'स्टार्टअप विकेन्डका दुई दिनको बन्द सेसनमै हामीले यसलाई तयार गरेका हौं,' डेभलपर टिमको नेतृत्व गरेका सापकोटाले भने, 'त्यसको छ महिनामा देखिएका एररहरु हटाएर रिलिज गर्‍यौं ।' समूहले ६ महिनाअघि यसको मोवाइल एप्स पनि बजारमा ल्याइसकेको छ ।
नेपालीको छुट्टै स्टोर किन आवश्यक पर्‍यो ? नेपाली डेभलपरहरुले विकास गरेका एप्स एन्ड्रोइड प्ले स्टोरमा राख्न आफ्नो छुट्टै एकाउन्ट क्रिएट गरेर २५ डलर तिर्नु पर्छ । त्यसरी रकम तिर्न नेपालमा इन्टरनेशनल पेमेन्ट गेटवेको सुविधा छैन । विदेशमा रहेका आफन्त वा साथीको सहयोगमा पैसा तिरेर एकाउन्ट बनाउनु पर्छ ।
'धेरै डेभलपरले प्ले स्टोरमा आफ्नो एप्स राख्न निकै सास्ती भोग्नु परेको छ,' सापकोटाले भने, 'त्यसलाई हटाउन हामीले नेपाली डेभलपरका लागि छुट्टै स्टोर डेभलप गरेका हौं ।' एप्स झोलामा आफ्नो एप्स राख्न डेभलपरहरुले १ हजार रुपैया तिरे पुग्छ । त्यसका लागि नेपाली पेमेन्ट गेटवे वा बैंकिङ च्यानलको प्रयोग गर्न सकिन्छ । त्यति रकम डेभलपरको एप्स डाउनलोड हुदा प्रयोग हुने ब्यान्डविथको खर्च मात्रै हो ।
एप्स झोला टिमले प्ले स्टोरमा तितरवितर अवस्थामा रहेका राम्रा नेपाली एप्सहरुलाई एकै ठाउमा अर्गनाइज गर्नु पर्ने अबस्था पनि देखेका रहेछन् । 'एप्स झोला भएपछि नेपाली एप्स खोज्न एन्ड्रोइड मोवाइल हुनेहरुले अरु कुनै स्टोर चाहार्नु पर्ने छैन,' सापकोटाले भने ।   
एप्स झोलामा विभिन्न डेभलपरहरुले अहिलेसम्म विजनेश, इन्टरटेनमेन्ट, गेम्स, इजुकेसन, फिनान्स, लाइफस्टाइल, मिडिया, म्युजिक, ओपनसोर्स, प्रोडक्टिभिटी, सोसिइल टुल्स, ट्राभल्स क्याटागोरीका गरी ७० वटाजति एप्स राखेका छन् । यसमा युजर, एप्स डेभलपर र एप्स झोलाको टिम गरी १ हजार २ सयजति युजर बेस छ । त्यसमा ६० थरीका इन्डिपेन्डेन्ट डेभलपरहरु छन् ।
अहिलेसम्म उनीहरुले स्टोरबाट सित्तैमा एप्स उपलब्ध गराउदै आएका छन् । भविष्यमा थोरै शुल्क लिने सोचाइ उनीहरुको छ । 'राष्ट्रिय, अन्तराष्ट्रिय स्तरमा एप्सझोलाबाट धेरै एप्स डाउनलोड हुन थालेपछि केही शुल्क लिएर स्तरीय एप्स डाउनलोड गर्न दिने सोचाइ बनाएका छौं,' सापकोटाले भने, 'त्यसबाट हुने आम्नानीको ७० प्रतिशत डेभलपरलाई र ३० प्रतिशत स्टोरलाई छुट्याउने योजना छ । स्टोरलाई हुने आम्दानीको ठूलो हिस्सा एप्सझोलाको बजार प्रबर्धनमा खर्च गरिने उनले बताए ।
नेपाली एप्सको छुट्टै भण्डार पाउदा युजरहरुको रेस्पोन्स कस्तो छ ? 'युजरको रेस्पोन्स निकै राम्रो छ, टिम लिडर सापकोटाले भने, 'प्ले स्टोरमा देशबाहिरबाट भनसुन गराएर एकाउन्ट क्रिएट गर्न नसक्ने डेभलपरहरुलाई यसले अझ सजिलो बनाइ दिएको छ ।'
अपरेटिङ सिस्टम डेभलपरहरुका छुट्टै एप्स स्टोर छदैछन्, सामसङ, एचटिसीलगायतका मोवाइल हार्डवेयर निर्माता कम्पनीले पनि आफ्नै स्टोर डेभलप गरेका छन् । नेपाली डेभलपरको पहुच तिनका स्टोरसम्म पुग्दैन । त्यस्तो अवस्थामा नेपालमै एप्सको स्टोर हुदा प्रयोगकर्ता र डेभलपर दुवैलाई फाइदा पुग्ने देखिन्छ । तपाईंलाई कुन एप्स चाहियो ? एक पटक एप्सझोलामा ट्राइ गर्ने कि !

कस्ता छन् उत्कृष्ट एप ?

सर्वोत्कृष्ट भएको आइसिटी फर एग्रिकल्चर एपले मुख्य बाली लगाउने तरिका कृषकलाई मोबाइलमै उपलब्ध गराउँछ । यसैगरी पशुमा लाग्ने रोग, मल, माटोको जानकारी, बजार भाउ, मौसमको पूर्वानुमान र कृषि उत्पादन किन्ने व्यापारीको डाटासमेत यसमै पाइन्छ । 'किसानले एप्समा उपलब्ध हुने मौसम पूर्वानुमान हेरेर आज धान काट्ने/नकाट्ने निर्णय गर्छन्,' टोली नेता चौलागाईं भन्छन्, 'विभिन्न बजारमा कृषि उपजको तुलनात्मक मूल्य हेरेर धेरै पाउने बजारमा आफ्नो उत्पादन पुर्‍याउँछन् ।'
झन्डै ४ महिना लामो क्याम्पमा सहभागी भएपछि समूहले कृषकलाई कुनै बालीमा समस्या देखिए मोबाइलबाटै फोटो खिचेर विवरणसहित पोस्ट गर्ने व्यवस्था मिलाइएको छ । त्यसलाई विज्ञकहाँ पुर्‍याउने व्यवस्था एपले गर्छ । विज्ञले दिएको समाधान एउटा फोरममा उपलब्ध हुन्छ । त्यस फोरममा अरू कृषकले आ-आफ्ना धारणा कमेन्टका रूपमा राख्न सक्छन्् । त्यसबाहेक घरेलु प्रविधिबाट मल, किटनाशक विषादी बनाउने तरिका, त्यसलाई प्रयोग गर्न तराईको कठ्ठा, पहाडको रोपनीजस्ता जग्गा नाप्ने इकाईलाई कन्भर्ट गर्ने व्यवस्था यस एपमा छ । यस एप डेभलपमा अविनाश झा, प्रशान्तराज मालाकार, रुविन वज्राचार्य, सुस्मिता कार्की, दीप घिसिङ र राजेन्द्र साहुलगायतले चौलागाईंलाई सघाएका थिए ।
कर्पोरेट सोलुसनतर्फको विजेता ओपिनियोले कुनै कम्पनीले गरेका उत्पादनबारे ग्राहकले दिएका ओपिनियनलाई एकीकृत गरेर सम्बन्धित कर्पोरेट हाउससम्म पुर्‍याउँछ । 'हामीले सामाजिक सञ्जाल, ब्लगलगायतमा कुनै प्रोडक्टबारे युजरका नेगेटिभ/पोजिटिभ धारणा एकीकृत गरेर उत्पादकसम्म पुर्‍याउँछौं,' टिम लिडर गुप्ता भन्छन्, 'त्यसले उत्पादकलाई आफ्ना सामग्रीबारे बजारको धारणा बुझेर त्यसअनुसार सुधार गर्न सघाउँछ ।' त्यस्तै ग्राहकले एपमा कुनै प्रोडक्ट पहिल्यै प्रयोग गर्ने युजरले व्यक्त गरेरका धारणा हेरेर किन्ने/नकिन्ने निर्णय गर्न सक्ने उनको भनाइ छ । गुप्तालाई आकृषि भुसाल, प्रतीक श्रेष्ठ, अमित जोशी र अस्मित भट्टराईले एप्स डेभलपमा साथ दिएका थिए ।
रीतिरिवाज यस्तो एप्प हो, जसले हामीले पछ्याउँदै आएका परम्परा पछाडिको वैज्ञानिक र धार्मिक पक्षबारे बताउँछ । शिक्षा विधामा उत्कृष्ट यस एपलाई मनीषको आइडियामा सुजन जोशी, समीर डंगोल, प्रेक्षा वज्राचार्य र लीलाराम श्रेष्ठले डेभलप गरेका हुन् । 'हामीले परम्परागत रूपमा चाडपर्व, रीतिरिवाजलाई मनाउनुका पछाडि अन्धविश्वासमात्र छैन,' मनीष भन्छन्, 'यसका पछाडि वैज्ञानिक कारण छन्, तिनै कुराहरू एपमा राखिएको छ ।' त्यस्तै यसमा कुनै पर्व मनाउन वा धार्मिक कार्य गर्न आवश्यक सम्पूर्ण सामग्री ई-सपमार्फत उपलब्ध गराउँछ ।
टुरिस्टका लागि अत्यन्तै उपयोगी एप डेभलप गरेको छ टुरिज्म समूहमा उत्कृष्ट रोहितको समूहले । उनीहरूको लिपि एपले बाटोमा नेपालीमा लेखिएको बोर्डको तस्बिर मोबाइलमा खिचेर त्यसमा भएको लिपिलाई टेक्स्टमा कन्भर्ट गर्छ । त्यसलाई अंग्रेजीमा ट्रान्सलेट गर्ने व्यवस्था एपमै छ । 'हाम्रो एपमा नेपाली भाषाको तस्बिरलाई 'अप्टिकल क्यारेक्टर रिकग्निसन' मार्फत टेक्स्टमा बदल्ने सुविधा छ,' रोहितले भने, 'त्यसपछि नेपालीबाट अंग्रेजी र अंग्रेजीबाट नेपालीमा ट्रान्सलेट गर्न सकिन्छ ।' यस समूहमा थिए मिलन थापा, सलिल अवाले, रूपकराज घिमिरे र उज्ज्वल देवकोटा ।
आइडिया यसरी
इन्जिनियरिङ सकेपछि शिवजन जागिर खान छाडेर गाउँ फर्किए स्कुल पढाउन । गाउँमा बस्दा उनले बारीमा काँक्रा, बोडीलगायत तरकारी लगाए, किरा लागेर उत्पादन हुँदै भएन । त्यतिखेर उनलाई एउटा आइडियो आयो । उनको साथमा मोबाइल थियो । त्यही मोबाइललाई कृषकलाई आवश्यक सूचना दिने माध्यम किन नबनाउने ? त्यसैको परिणाम हो, आइसिटिफर एग्रिकल्चर ।
लिपिको डेभलपको कथा झन् रोचक छ । रोहित दसैंअघि श्रीलंका घुम्न गएका थिए । त्यहाँ सिंहाली भाषामा लेखिएको बोर्ड नबुझेर हैरान । 'हाम्रो देशमा आउने टुरिस्टले पनि त्यस्तै समस्या भोगेका होलान् भन्ने लाग्यो,' उनी भन्छन्, 'त्यसपछि हामी उनीहरूलाई नेपाली बुझाउने एप निर्माणमा लाग्यौं ।'
नेवार परिवारका मनीषको घरमा धेरै रीतिरिवाज मनाइन्छ । 'त्यस्ता रीति किन मनाएको भनेर सोध्दा बुबाले बाजेको पालादेखिकै चलन भन्नुभयो,' उनले भने, 'त्यसपछि अरूलाई सोध्नुभन्दा आफैं अनुसन्धानमा लागें ।' चन्दनले भने मास्टर्स गर्दा कर्पोरेट सोलुसन कसरी गर्न सकिन्छ भनेर गरेको अनुसन्धानलाई ओपिनियोमा प्रयोग गरेका हुन् ।
उनीहरूको एपलाई विभिन्न क्षेत्रका विज्ञहरू कुन्द दीक्षित, नरोत्तम अर्याल, पूर्णबहादुर छेत्री, सौरभ ज्योति, सुमन पाण्डे, टमी अहोनेन र टमस मार्टुनसलगायतले जज गरेको थियो । एपले समाधान गर्ने समस्याको प्रकृति, व्यावसायिक नमुना, व्यवसाय विस्तारको सम्भावना र प्रस्तुतिको स्तरका आधारमा उनीहरूलाई अंक प्रदान गरिएको थियो ।

बेस्ट अफ दि बेस्ट एप्स

आइडियाले अवसर दिलाउँछ भन्ने भनाइ इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन इन्जिनियर शिवजन चौलागाईंको जीवनमा ठ्याक्कै लागू हुन्छ । उनको कृषकलाई प्रविधिसँग जोड्ने मोबाइल एप आइडिया आइसिटी फर एग्रिकल्चरले एक महिनाभित्र दुई पुरस्कार जित्योे । पढाइभन्दा फरक क्षेत्रमा आफूलाई परीक्षण गरिरहेका उनको मोबाइल एप गत साता सम्पन्न एनसेल एप क्याम्पमा सर्वोत्कृष्ट भयो । यसमा उनको समूहले ५ लाख रुपैयाँ पायो । त्यस्तै समूह विजेता भएकाले थप २ लाख ५० हजार पनि हात पार्‍यो । करिब १ महिनाअघि भएको रिकनेक्टमा उनको समूहले १ लाख जितेको थियो ।
एप क्याम्पमा आइसिटी फर एग्रिकल्चरजस्ता १ सय ५० भन्दा बढी एप्स डेभलपर समूह सहभागी थिए । एनसेलले कृषि, शिक्षा, पर्यटन र कर्पोरेट गरी ४ समूहमा डेभलपरलाई कम्पिटिसन गराएको थियो । फाइनलमा प्रवेश गरेका २३ समूहलाई पछि पार्दै कर्पोरेटमा चन्दन गुप्ता समूहको ओपिनियो, शिक्षामा मनीष श्रेष्ठ समूहको रीतिरिवाज र टुरिज्ममा रोहितमान अमात्य समूहको लिपि उत्कृष्ट भए । हरेक समूहले २ लाख ५० हजार रुपैयाँ पुरस्कार जिते । पुरस्कार राशिभन्दा ठूलो थियो उनीहरूले पाएको रिकग्निसन ।

मोबाइल एप्समा अथाह अवसर'

 क्यान्डी क्रसका डेभलपर टमी पाल्मले मोबाइल एप्समा धेरै सम्भावना रहेको बताएका छन् । एनसेल एप क्याम्पका सहभागीहरूलाई उनले आफूलाई मनपर्ने काम गर्न र आफूले चाहेको व्यक्तित्व विकास गर्न सुझाव दिए ।
'तपाईंमा विश्वव्यापी रूपमा केही गर्ने प्रतिभा भए नयाँ कम्पनी खोल्नुहोस्, उनले भने, त्यसपछि आफूले चाहेको एप निर्माणमा लाग्नुहोस् ।
विश्वको जुनसुकै कुनामा भए पनि आफ्नो एप्पलाई स्टोरमा पुर्‍याएपछि अवसरले आफंै पछ्याउन थाल्नेछ । क्याम्पमा प्रतिस्पर्धा गरिरहेका १५० समूहलाई सम्बोधन गर्दै उनले एप निर्माणबारे आफ्नो अनुभव सुनाएका थिए ।
पाल्मले बनाएको क्यान्डी क्रस एप सन् २०१३ सम्म ५० करोडभन्दा बढी पटक डाउनलोड भइसकेको छ भने यो खेल प्रत्येक महिना ३३ करोडभन्दा बढी नयाँ प्रयोगकर्ताले खेल्ने गरेको
तथ्यांक छ ।
पाल्मले क्यान्डी क्रस विश्वव्यापी हुनुमा विभिन्न प्ल्याटर्फममा काम गर्न सक्नु, एपलाई निःशुल्क डाउनलोड गर्न सक्नु र खेललाई एउटा सेवाका रूपमा विकास गर्न सक्नु मुख्य विशेषता भएको
बताए । उनले नयाँ एप निर्माणकर्ताहरूलाई बजारीकरण र लोकपि्रयता हासिल गर्न फेसबुक जस्ता सामाजिक सञ्जाल प्रयोग गर्न सल्लाह दिए ।

डाउनलोड वन मिलियन

, श्रावण १ - नेपाली एप्सका १० लाखभन्दा बढी प्रयोगकर्ता । डेभलपरलाई त्यसभन्दा बढी खुशि के होला ? त्यति धेरै युजर पाएका नेपाली एप्स तीन वटा मात्र छन् । नेपाली पात्रो, हाम्रो पात्रो र हाम्रो किवोर्ड । संयोगै मान्नु पर्छ, तीमध्ये दुई एप्स हाम्रो पात्रो र हाम्रो किबोर्डका डेभलपर शंकर उप्रेती एक्ला हुन् । उनले डेभलप गरेको हाम्रो किवोर्डको डाउनलोड यसै साता १० लाख नाघेको छ । उनकै अघिल्लो प्रोजेक्ट नेपाली पात्रोका युजर भने केही महिनाअघि १० लाख नाघेका थिए ।
युजरले त्यस्तै एप्सलाई आफनो मोवाइलमा धेरै डाउनलोड गर्छन्, जसको प्रयोग बारंबार भइरहन्छ । शंकरले त्यस्तै एप्स डेभलप गरे । हाम्रो किबोर्डले मोवाइलमार्फत सामाजिक संजालमा नेपाली युनिकोडमा स्ट्याटस अपडेड गर्नेदेखि नेपालीमै च्याट गर्न चाहने युजरलाई ठूलो गुन लगाएको छ । उनले एप्स बनाएको डेड बर्ष नपुग्दै यसका युजर १ मिलियन नाघेका हुन् ।
यति छिटो कसरी लोकप्रिय भयो त एप ? त्यतिखेर नेपाली युनिकोडमा लेख्न चाहनेहरूका लागि कुनै एप्स थिएनन । त्यसैले शंकरले नेपालीमै किवोर्ड बनाउने सोचे । ‘युजरले प्रयोग गर्दा भोग्नु परेका समस्यालाई सुधार्दै लगेकाले सबैको लोकप्रिय एप बन्न सकेको हो,’ अन्यत्रबाट राम्रो अफर आएपछि अमेरिकाको चर्चित सेक्युरिटी सफ्टवेयर उत्पादक कम्पनी सिम्यान्टिकको प्रिन्सीपल इन्जिनियरको जव भर्खरै छोडेका शंकरले भाइबर कुराकानीमा भने, ‘सबैले स्मार्टफोनमा सामाजिक संजाल चलाउँछन् । नेपाली भाषामै च्याट गर्न खोज्छन् । त्यस्ता युजरलाई हाम्रो किबोर्डले सघाउँछ ।’
उनको किबोर्डको अर्को विशेषता भनेको च्याट बक्स, ट्वीटर, फेसबुकको स्ट्याटसबारमा सिधै युनिकोडमा लेख्न मिल्नु हो । एपमा टाइप गरेर कपी गर्दै अन्यत्र पेस्ट गरिरहनु पर्दैन । युनिकोड एप नहुँदो हो त युजरलाई रोमनमा लेख्नु पर्ने बाद्यता हुन्थ्यो । युनिकोडले नेपाली भाषा प्रबर्धनमा सघाएको उनको दावी छ ।
शंकरकै हाम्रो पात्रो एप संभवत नेपाली युजरबीच सबैभन्दा लोकप्रिय छ । ‘अल इन वन’ जस्तै स्वरुपमा डेभलप गरिएको यस एपमा पात्रोका सम्पूर्ण विशेषता छँदैछन्, त्यसबाहेक यसमा दर्जनभन्दा बढी एप्सले दिने सुविधा छन् ।
हाम्रो पात्रो खोल्नासाथ यसमा आजको पात्रो देखिन्छ । त्यस पेजमै अपकमिङ इभेन्टहरू (तिथि, चाड, पर्व) कति दिनमा आउँछन् भन्ने देखाउँछ । एपको मेनुमा रहेको न्युज क्लिक गर्दा आजका विभिन्न समाचार साइटहरूमा प्रकाशित समाचार पढ्न पाइन्छ । त्यस्तै क्यालेन्डरमा वितेका र आगामी बर्षको तिथि, मिति इस्वि सम्बत र विक्रम संबत दुवैमा हेर्न सकिन्छ । अर्को मेनु हाम्रो रेडियोमा अनलाइनमा प्रसारण हुने सम्पूर्ण नेपाली एफएम रेडियो सुन्न सकिन्छ ।
यस अलावा लोडसेडिङ सेड्युल, रासिफल, फोटोहरू, भिडियोहरू, विनिमय दर, सुनचांदीको मूल्य, इकार्ड, नेपाली डिक्स्नरी, भ्वाइस रेकर्ड गर्ने सुविधा, विक्रम र इस्वि सम्बत्लाई एक अर्कामा रुपान्तरण गर्ने, मुद्रालाई रुपान्तरण गर्ने कन्भर्टर, टर्चलाइटजस्ता अनेक सुविधा यसमा उपलब्ध छन् ।
कसरी लोकप्रिय हुने रैछन् त एप्स ? शंकरलाई लाग्छ युजर फ्रेन्डली युटिलिटी एप्स बढी पपुलर हुने रहेछन् । उनले निर्माण गरेको अर्को एप नेपाली डिक्सनरीलाई समेत ५ लाखभन्दा बढी युजरले आफ्नो मोवाइलमा राखेका छन् । उनी एप्स डेभलप मात्र गर्दैनन्, त्यसलाई कसरी युजरले एकपटक डाउलोड गरेपछि सधैं प्रयोग गरिरहने बनाउने भनेर दिनरात रिसर्चमा लागि रहन्छन् ।
बीरगजं पुख्र्यौली घर भएका शंकरले ब्यस्त जागिरे दैनिकीबाट कसरी समय निकाले लोकप्रिय एप डेभलप गर्न ? ‘शनीबार र आइतबार दुइ दिन विदाका दिन अनि विहानबेलुकाको समय एप्स डेभलपमा लगाउँछु’, उनले भने ।
पुल्चोकमा इन्जिनियरिङ कलेजबाट सन २००४ मा कम्प्युटर इन्जिनियरिङ गरेका उनी अमेरिकाको बोस्टनमा इन्जिनियरिङमा मास्टर्स गर्न पुगेका थिए । सन २०१० मा मास्टर्स सकेपछि उनले विश्वभर छरिएर रहेका नेपालीलाई उपयोगी हुने एप्स बनाउने सोचे । त्यतिखेर एप्पलको स्टोरमा नेपाली एप्स त्यति थिएनन् । उनले जहासुकै पनि नेपाली तिथि, मिति, चाड, पर्व, राष्ट्रिय दिवस, विदालगायतको जानकारी दिने एप बनाए ‘हाम्रो पात्रो’ । त्यसको अर्को बर्ष उनले यसलाई एन्ड्रोइड प्लेटफर्ममा ल्याए । त्यसलाई अनलाइनमा गएका नेपाली एफएम रेडियोहरू समेत सुन्न सकिने गरी अपग्रेड गरेपछि भने निकै पपुलर भयो ।
केही समयअघि नेपाल आएका बेला उनले भान्जाले मोवाइलमा डिक्सनरी खोजी रहेको देखे । एप्स स्टोरमा भएका धेरैजसो डिक्सनरी इन्टरनेट कनेक्सन भएका ठाउमा चल्ने (अनलाइन) मात्र थिए । उनले योजना बनाए अंग्रेजी–नेपाली डिक्सनरीलाई अफलाइनमा चल्ने बनाउने । सरकारी स्कुलमा पढेकाले आफूलाई पनि सुरुमा अंग्रेजी जान्न निकै गाह्रो परेका दिन उनले सम्झिए ।
संयोगले तिथिमिति नै देखाउने अर्को एप्स नेपाली पात्रो १० लाख डाउनलोड नाघ्ने सूचीमा परेको छ । यस एप्सका डेभलपर बिरिजन महर्जन फेसबुक एपबाट वेभसाइट हुदै एन्ड्रोइड, आइओएस प्लेटफर्ममा उपलब्ध गराइएको नेपाली पात्रो यति धेरै लोकप्रिय हुनु आफूहरूको मेहनतको परिणाम भएको बताउँछन् । यस एपमा पात्रोका हरेक विशेषताका साथै विक्रम र इस्वी सम्बत कन्भर्टर, दैनिक, साप्ताहिक, बार्षिक राशिफल, साइत, विनिमय दर, करेन्सी क्याल्कुलेटरलगायतका सुविधा उपलब्ध छन् ।
नेपाली एप्स १० लाखभन्दा बढी डाउनलोड हुनु ठूलो उपलब्धी भएको दर्जनौ मोवाइल बैंकिङलगायतका एप्स डेभलप गरेको एफवान सफ्टका अध्यक्ष विश्वास ढकाल बताउँछन । ‘त्यति धेरै युजरलाई प्रभावित पार्नु सजिलो काम हैन,’ उनले भने, ‘त्यसमा पनि विशुद्ध नेपालीलाई लक्षित गरिएका एप्स यति धेरै डाउनलोड हुनु ठूलो कुरा हो ।’
धेरै युजरबेस हुने एप्स आम्दानीको आकर्षक स्रोत पनि हो । यसअघि युजरबेस ५ लाख नाघेको लोडसेडिङ एप विश्वासकै सिरान टेक्नोलोजीले २० लाख रुपैयामा किनेको थियो । चन्द्र/एलिजा श्रेष्ठ दम्पतिले डेभलप गरेको सामान्य एप डेभलपरलाई १० बर्षसम्म आम्दानीको १० प्रतिशत हिस्सा थप दिने सिरानले बाचा गरेको छ । एप्समार्फत गरिने विज्ञापनले डेभलपरको कमाइ आकर्षक हुन्छ । हाम्रो पात्रोले कति कमाउँछ भनेर शंकरले बताउन चाहेनन् । ‘यसको कमाइले सर्भर र डेभलमेन्टमा लागेको खर्च धानेको’ भनेर उनले कुटनीतिक जबाफ दिए । उनले हाम्रो किबोर्ड युजरलाई निशुल्क उपलब्ध गराएकाले त्यसमा लाग्ने खर्चसमेत हाम्रो पात्रोले धानेको बताए ।


अाफुलाई मनपर्ने एप्स कम्प्युटरमा कसरी चलाउने?


हामीले आफुलाई मनपर्ने एप्लीकेशनहरु आफ्नो फोनमा धेरै नै प्रयोग गर्छौँ। यसका साथै हामीमध्ये धेरैजसो यी एप्लीकेशनहरु आफ्नो कम्प्युटरमा पनि प्रयोग गर्न चाहन्छौँ। 
तर यसका बारेमा थाहा नहुन पनि सक्छ। आफुले चाहेका एपहरु कम्प्युटरमा चलाउनका लागि गुगल क्रोमको नयाँ संस्करण हुनु पर्छ। 
यसपछि एआरसी वेल्डर भनिने एक्सटेन्सन् डाउनलोड गरेमा लगभग सबै एन्ड्रोइड एप्लीकेशनहरु आफ्नो कम्प्युटरमा प्रयोग गर्न सकिन्छ।
एआरसी वेल्डरका माध्यमबाट जुन एप्लीकेशन प्रयोग गर्न चाहेको हो त्यस एप्लीकेशनको एपीके फाइल पनि चाहिने हुन्छ। गुगल प्ले स्टोरमा त्यो फाइल एकदमै सजिलोसँग खोज्न र सेभ गर्न सकिन्छ।
यसपछि एप्लीकेशन कम्प्युटरमा प्रयोग गर्नका लागि ओरिन्टेशन फर्म फ्याक्टर र क्लिप बोर्ड एक्सेसमा जानकारी दिनुपर्ने हुन्छ।  ओरिन्टेशनमा पोट्रेट, फर्म फ्याक्टरमा फोन र क्लिप बोर्डमा एस क्लिक गर्नुपर्ने हुन्छ।
हाल एआरसी वेल्डर आफ्नो वेटा टेस्टिङ चरणमा रहेकाले केही एप्लीकेशनहरु काम नगर्न पनि सक्छन्। तर क्यान्डी क्रस, ट्वीटर, इन्सटाग्राम आदी भने सजिलै चलाउन सकिन्छ।




















फेसबुकमा आफ्नो मोबाइल नम्बर राख्नु खतराजनक




सामाजिक संजाल साइट फेसबुकमा आफ्नो मोबाइल नम्बर राख्नाले समस्या सिर्जना हुनसक्ने भएको छ। त्यसैले आफ्नो फेसबुकबाट तुरुन्त आफ्नो नम्बर हटाउने सल्लाह दिइएको छ। 
 
फेसबुकमा रहेको आफ्नो नम्बरबाट जोकोहीले पनि फेसबुक सर्च बारमा प्रयोगकर्ताको नम्बर टाइप गररे सम्पूर्ण जानकारी लिन सक्ने बताइएको छ। 
 
आफ्नो प्राइभेसि सेटिङ जस्तोसुकै भएपनि केही फरक नपर्ने बताइएको छ।
 
त्यसैले फेसबुकमा आफ्नो नम्बर हटाउनले आफ्नो जानकारीहरुको गलत प्रयोग हुनबाट बच्न सकिन्छ। 
 
रिसर्च एण्ड डेभलपमेन्ट कर्पोरेसनको एक प्रतिवेदनकाअनुसार प्रयोगकर्ताको नाम, फोन नम्बर, फोटो, पढाई आदीसँग सम्बन्धीत जानकारी तथा लोकेसनसँग सम्बन्धीत जानकारीहरु अवैध व्यापार गर्ने साइटहरुलाई बेचिन सक्नेछ।