क्यान्डी क्रसका डेभलपर टमी पाल्मले मोबाइल एप्समा धेरै सम्भावना रहेको बताएका छन् । एनसेल एप क्याम्पका सहभागीहरूलाई उनले आफूलाई मनपर्ने काम गर्न र आफूले चाहेको व्यक्तित्व विकास गर्न सुझाव दिए ।
'तपाईंमा विश्वव्यापी रूपमा केही गर्ने प्रतिभा भए नयाँ कम्पनी खोल्नुहोस्, उनले भने, त्यसपछि आफूले चाहेको एप निर्माणमा लाग्नुहोस् ।
विश्वको जुनसुकै कुनामा भए पनि आफ्नो एप्पलाई स्टोरमा पुर्याएपछि अवसरले आफंै पछ्याउन थाल्नेछ । क्याम्पमा प्रतिस्पर्धा गरिरहेका १५० समूहलाई सम्बोधन गर्दै उनले एप निर्माणबारे आफ्नो अनुभव सुनाएका थिए ।
पाल्मले बनाएको क्यान्डी क्रस एप सन् २०१३ सम्म ५० करोडभन्दा बढी पटक डाउनलोड भइसकेको छ भने यो खेल प्रत्येक महिना ३३ करोडभन्दा बढी नयाँ प्रयोगकर्ताले खेल्ने गरेको
तथ्यांक छ ।
पाल्मले क्यान्डी क्रस विश्वव्यापी हुनुमा विभिन्न प्ल्याटर्फममा काम गर्न सक्नु, एपलाई निःशुल्क डाउनलोड गर्न सक्नु र खेललाई एउटा सेवाका रूपमा विकास गर्न सक्नु मुख्य विशेषता भएको
बताए । उनले नयाँ एप निर्माणकर्ताहरूलाई बजारीकरण र लोकपि्रयता हासिल गर्न फेसबुक जस्ता सामाजिक सञ्जाल प्रयोग गर्न सल्लाह दिए ।
No comments:
Post a Comment