Sunday, 16 August 2015

बेस्ट अफ दि बेस्ट एप्स

आइडियाले अवसर दिलाउँछ भन्ने भनाइ इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन इन्जिनियर शिवजन चौलागाईंको जीवनमा ठ्याक्कै लागू हुन्छ । उनको कृषकलाई प्रविधिसँग जोड्ने मोबाइल एप आइडिया आइसिटी फर एग्रिकल्चरले एक महिनाभित्र दुई पुरस्कार जित्योे । पढाइभन्दा फरक क्षेत्रमा आफूलाई परीक्षण गरिरहेका उनको मोबाइल एप गत साता सम्पन्न एनसेल एप क्याम्पमा सर्वोत्कृष्ट भयो । यसमा उनको समूहले ५ लाख रुपैयाँ पायो । त्यस्तै समूह विजेता भएकाले थप २ लाख ५० हजार पनि हात पार्‍यो । करिब १ महिनाअघि भएको रिकनेक्टमा उनको समूहले १ लाख जितेको थियो ।
एप क्याम्पमा आइसिटी फर एग्रिकल्चरजस्ता १ सय ५० भन्दा बढी एप्स डेभलपर समूह सहभागी थिए । एनसेलले कृषि, शिक्षा, पर्यटन र कर्पोरेट गरी ४ समूहमा डेभलपरलाई कम्पिटिसन गराएको थियो । फाइनलमा प्रवेश गरेका २३ समूहलाई पछि पार्दै कर्पोरेटमा चन्दन गुप्ता समूहको ओपिनियो, शिक्षामा मनीष श्रेष्ठ समूहको रीतिरिवाज र टुरिज्ममा रोहितमान अमात्य समूहको लिपि उत्कृष्ट भए । हरेक समूहले २ लाख ५० हजार रुपैयाँ पुरस्कार जिते । पुरस्कार राशिभन्दा ठूलो थियो उनीहरूले पाएको रिकग्निसन ।

No comments:

Post a Comment