Sunday, 27 September 2015

नेपालमा पेट्रोलको बिकल्प मसँग छ-युवा बैज्ञानिक अनिल खतिवडा

नेपालमा पेट्रोलको बिकल्प मसँग छ-युवा बैज्ञानिक अनिल खतिवडा

युवा बैज्ञानिक हुन् अनिल खतिवडा । बिज्ञानसँग संबन्धित केही राष्ट्रिय प्रतियोगिताहरुमा उनी प्रथम भएका छन् । जस्तो, सिभिल टेक्नो अवार्ड २०७१–प्रथम, राष्ट्रिय बिज्ञान मेला २०७१ प्रथम आदि हुन् । केही समयअघि माइक्रोस्कप्ट, गुगल र युनिसेफको संयुक्त आयोजनामा धुलिखेलमा आयोजित सफ्ट्वेर वनाउने सिविरमा उनी पनि छानिएका थिए ।
खासगरी छिमेकी देश भारतले नाकाबन्दी लगाउने संकेत गरेपछि यी तन्नेरी बैज्ञानिकलाई कसरी पेट्रोलिय पदार्थमा आत्मनिर्भर हुने भन्ने कुराले सतायो । धेरै सोच–विचार गरेपछि उनले केही बिकल्प फेला पारेका छन् । पेट्रोलियम पदार्थका बिकल्पहरु सरकार वा संवन्धित निकायकोलागी जानकारी मुलक हुने भएकाले प्रविधिका विद्यार्थी समेत रहेका युवा बैज्ञानिक खतिवडासँग गरिएको कुराकानीको सारसंक्षेप प्रस्तुत गरेका छौं । सं ।
पेट्रोलियम पदार्थ भएन भने नेपाल अध्यारो नै हुन्छ कि विज्ञानको आँखामा केही बिकल्प छन् ?
– बिकल्प प्रसस्त छन् । धेरै ठूलो लगानी विनानै हामी उज्यालोमा बस्न सक्छौं । यातायातका साधन चलाउने पनि बिकल्प छन् । यी बिकल्प हाम्रै आँखा अगाडी छन् । यी बिकल्प संसारकोलागी नौलो होइनन् ।
पेट्रोलको बिकल्प कस्ता–कस्ता छन् त ? १ नं, २ नं, भनेर भन्नुस् त !
– बिकल्प नं १ – माझिबार वा कदमको बियाँ
भनिने जसको स्थानीय नाम माझिबार वा कदम हो । यसको कालो वियाँको तेलले पेट्रोलको काम गर्छ । सजिलो के छ भने यसको तेललाई कुनै किसिमको प्रसोधन विना नै सिधै प्रयोग गर्न सकिन्छ । हालकै ‘इन्जिन’मा ।
बिकल्प नं २ – उखुको रक्सी
उखुको रक्सीलाई पनि पेट्रोल वा डिजेलको सट्टा प्रयोग गर्न सकिन्छ । तर, यसकोलागी गाडी वा ‘मेसिन’लाई थोरै परिवर्तन गर्नु पर्ने हुन्छ ।
बिकल्प नं ३ – बेट्री, सोलार र गोबर ग्याँस
– यी परम्परागत बिकल्पको वारेमा खासै केही भनिरहनु पर्दैन । तर यी पेट्रोलियम पदार्थका भरपर्दा बिकल्प हुन् ।
माझिबार वा कदमको बियाँको तेल उत्पादन कत्तिको ब्यवहारिक छ ?
– नेपालको सवैजसो ठाऊँमा पाइन्छ । अहिले नेपालमा यो प्रयोगमा छैन । जताततै यो बारमा हुर्किरहेको हुन्छ । अलिकति ध्यान दिने हो भने यसको उत्पादन जति पनि बनाउन सकिन्छ ।
उखुको रक्सी चाहिं ?
– यो त प्रयोगमा नै छ । जस्तो – ब्राजिलमा अहिलेपनि यसको प्रयोग सवैभन्दा अगाडि छ । हाम्रोजस्तो देशमा यो संभव र ब्यवहारिक पनि छ । फेरि अर्को कुरा के भने उखुको रस निकालिसकेपछि यसको प्रयोग हुने भएकाले धेरै मूल्य पनि पर्दैन । अनि मकैको ढोडले पनि यही नै काम गर्छ ।
उखुको रक्सी पनि सिधै लगाउने इन्जिनमा ?
– यसकोलागी चाहिं इन्जिनलाई केही ‘मोडिफाई’ गर्नुपर्छ । धेरै खर्चिलो छैन ।
माझिबार/ कदम, उखुको रक्सी, सोलार, ब्याट्री र गोबर ग्यास मध्ये कुन चाहिं बिकल्प भरपर्दो हो ?
– नेपालको सन्दर्भमा सवैभन्दा भरपर्दो माझीबार/कदमको बिऊवाट निस्कने तेल हो । उखुको रक्सीवाट बन्ने झोल चाहिं खासगरी तराईलाई हुन्छ । राम्रो वाटोमा यो पनि भरपर्दो हुन्छ । ‘पिकअप’ कम हुन्छ भन्ने वाहेक यसमा पनि समस्या देखिएको छैन ।
धेरैदेशमा प्रयोगगर्ने हाइड्रोजन ग्यास हामीकहाँ संभव छैन । जे बिकल्पहरु मैले भने ती सवै ब्यवहारिक छन् । तिनमा खासै खर्च पनि छैन । र, संसारले प्रयोगपनि गरिसकेको छ ।
माझिबार वा कदमको बियाँको तेल उत्पादन कत्तिको ब्यवहारिक छ ?
– नेपालको सवैजसो ठाऊँमा पाइन्छ । अहिले नेपालमा यो प्रयोगमा छैन । जताततै यो बारमा हुर्किरहेको हुन्छ । अलिकति ध्यान दिने हो भने यसको उत्पादन जति पनि बनाउन सकिन्छ । हामीले यसलाई ब्यवसायिकरुपमा नसोच्दा त जताततै उम्रिएको पाइन्छ । ध्यानदिंदा जतिपनि हुन्छ ।
यी बिकल्पहरु तयारगर्न कति समय लाग्ला ?
– यसलाई ब्यवसायिकरुपमा सोच बनाएर प्रयोग गर्ने हो भने धेरै समय लाग्दैन । यी सवै एकबर्षे खेतीवाट पुरा हुन्छन् । उखुलाई चिनीको रुपमा मात्र प्रयोग गर्दैैछौं, अव पेट्रोलियममा प्रयोग गरौं । चिनी निकालिसकेपछि ढोडको प्रयोगवाट पनि हुने हो । मकैको ढोड पनि प्रयोगमा ल्याउन सकिन्छ । उखु र मकै हुर्किन जति समयलाग्छ त्यति नै समयमा काम बन्छ ।
















sureshrajkharel.blogspot.com

Tuesday, 8 September 2015

सामसुङ नोट ५ अागामी हप्ता नेपाली बजारमा


बहुप्रतिक्षित सामसुङको फ्ल्यागशिप स्मार्टफोन ग्यालेक्सी नोट ५ अागामी हप्ता सम्ममा नेपाली बजारमा सार्वजनिक हुने भएको छ। नेपालका लागि सामसुङको आधिकारिक विक्रेता आई एम एस नेपालले यस स्मार्टफोनलाई सार्वजनिक गर्ने भएको हो। यसकाे मूल्य हाल नताेकिएकाे भएपनि ८५ हजार रुपैयाँभन्दा बढी पर्ने अनुमान गरिएको छ। 
 
सामसुङ ग्यालेक्सी नोट ५ का विशेषता यसप्रकार रहेका छन्ः
 
स्क्रिनः ५.७ इन्च (१४४०×२५६० पीक्सेल रिजोलुशन) सुपर एमोलेड डिस्प्ले
 
हार्डवेयरः १.५ जीएचजेड ओक्टाकोर एक्सीनस ७४२० प्रोसेसर
 
¥यामः ४ जीबी, ३२ जीबी ÷६४ जीबी इन्टरनल मेमोरी, मेमोरी कार्ड राख्न नमिल्ने
 
क्यामराः अगाडि ५ मेगापीक्सेल र पछाडि १६ मेगापीक्सेल
 
अपरेटिङ सिस्टमः एन्ड्रोइड ५.१ ललीपप
 
ब्याट्रीः ३००० एमएएच पावर
 
डाइमेन्सनः १५३.२×७६.१×७.६ मिमि    
 
अन्य सुविधाः ४ जी, ब्लुटुथ ४.०, वाईफाई, जीपीएस, जीपीआरएस, माइक्रो युएसबी पोर्ट २.० आदी।

Wednesday, 2 September 2015

सामसुङले ल्यायो कम मूल्यको नयाँ स्मार्टफोन


सामसुङले आफ्ना फ्ल्यागसिप फोनहरु सार्वजनिक गरेलगत्तै फेरि नयाँ स्मार्टफोन ल्याएको छ। कम मूल्यको स्मार्टफोन ग्यालेक्सी जे १ एसलाई सामसुङले ल्याएको हो। यसको मूल्य करिब १० हजार ३ सय रुपैयाँ तोकिइएको छ।
 
अाधिकारिक रुपमा सार्वजनिक गरेको घोषणा नगरपनि यसको विक्री भने सुरु भइसकेको बताइएको छ। ग्यालेक्सी जे १ एस एक डुअल सिम स्मार्टफोन हो। यस फोनमा ४.३ इन्च (४८०×८०० पीक्सेल रिजोलु्शन) सुपर एमोलेड डिस्प्ले रहको छ। एन्ड्रोइड ४.४ किटक्याट अपरेटिङ सिस्टममा काम गर्ने यस फोनमा १.३ जीएचजेड डुअलकोर प्रोसेसर र ५१२ एमबी र्‍याम रहको छ।
 
यस फोनको इन्टरनल मेमोरी ४ जीबी रहेको छ भने मेमोरी कार्डका सहायताले ६४ जीबी सम्म बढाउन सकिन्छ। फोनमा अगाडि २ मेगापीक्सेल र  पछाडि एलइडी फ्ल्यास सहित ५ मेगापीक्सेलको क्यामरा रहको छ।
 
ग्यालेक्सी जे १ एस मा १८०० उमएएच पावरको ब्याट्री प्रयोग गरिएको छ र यसको डाइमेन्सन १३०.१×६७.६×९.५ मिमि रहेको छ।
 
कनेक्टिभिटीका लागि यस फोनमा ३ जी, जीपीआरएस, वाईफाई, जीपीएस, ब्लुटुथ, माइक्रो यसएसबी पोर्टको सुविधा दिइएको छ।

नेपालमा पाइने सोनीका माेबाइल (मूल्य सहित)






मोबाइल अहिले मानिसका लागि आधारभूत अवश्यकताको चिज भइसकेको छ।  गोजीमा अटाउने मोबाइल फोनमा दिनदिनै नयाँनयाँ सुविधाहरु थपिइरहेका छन् ।
 
मोबाइल फोनको लोकप्रियता दिनदिनै बढिरहेको छ।  हरेक मोबाइल निर्माता कम्पनीहरु धेरै सुविधायुक्त र सहुलियत दरको स्मार्टफोन उत्पादन गर्ने होडबाजीमा रहेका छन्। 
 
नेपालमा पनि स्मार्टफोनहरुले आधिपत्य जमाइसकेका छन्। नयाँ नयाँ प्रविधिका स्मार्टफोनहरु नेपालमा पनि लोकप्रिय छन्। सामसुङ, एप्पल, सोनी, माइक्रोम्याक्स, श्यायोमी, कलर्स, नोकिया, लाभा,  जियोनी, हुवावे, पानासोनिक, कार्वन, ब्ल्याकबेरी, एचटिसी आदि नेपालमा लोकप्रिय ब्राण्डहरु हुन्। 
 
जापानको कम्पनी सोनीको नेपालमा आधिकारिक विक्रेता नेपा हिमा ट्रेड लिंक प्रा.लि हो। 
 
नेपालमा लोकप्रिय यी मोबाइल ब्राण्डमध्ये सोनीका केही प्रचलित एक्सपेरिया सिरिजका स्मार्टफोनहरु र यिनीहरुको मूल्य यहाँ उल्लेख गरिएको छ। 
 
सोनी एक्सपेरिया इ ४ डुअलको करिब १४ हजार रुपैयाँ पर्छ जुन एक्सपेरिया सिरिजको सस्तो स्मार्टफोन अन्तरगत पर्छ।
 


सोनी एक्सपेरिया एम २ सिंगल सिम र डुअल सिमको मूल्य १९ हजार ५ सय र  २० हजार ५ सय रुपैयाँको हाराहारीमा रहेको छ भने एम २ आक्वा वाटरप्रुफको मूल्य करिब २५ हजार ५ सय रुपैयाँ रहेको छ। त्यस्तै सोनी एक्सपेरिया सी ३ को मूल्य २५ हजार ५ सयकै हाराहारीमा छ।


३० हजार रुपैयाँको हाराहारीमा आउने सोनीका स्मार्टफोनहरु भनेको एक्सपेरिया टी२ अल्ट्रा, एम४ आक्वा र एक्सपेरिया टी ३ हुन्।


त्यस्तै एक्सपेरिया जेड १ र जेड २ भने ४२ हजार रुपैयाँको हाराहारीमा आउने स्मार्टफोनहरु हुन्। 
 
एक्सपेरिया सिरिजका महंगा मोबाइलमध्ये जेड ३ कम्प्याक्टको मूल्य करिब ५७ हजार र जे ३ को मूल्य करिब ६२ हजार रुपैयाँ रहेको छ। 















८ एप्स जसले फोनलाई दिन्छ नयाँ स्वरुप

एन्ड्रोइड एप स्टोर र आईओएस एप्लिकेशन स्टोरमा लाखौं एप्लिकेशन छन् जसले फोनलाई व्यवस्थित राख्ने काम गर्छन्। केही यस्ता एप्लिकेशन पनि छन् जसले फोनलाई फ्रेन्डली र फोनको स्क्रिनलाई पनि नयाँ रुप दिन्छ। गुगल प्ले स्टोरबाट यस्ता एप्लिकेशन निःशुल्क डाउनलोड गर्न सकिन्छ।
 
बज लन्चर
 
एन्ड्रोइड फोनमा यस एप्लिकेशनले स्क्रिन रिप्लेसमेन्टको काम गर्छ। यसमा भएका विभिन्न रङ्गका थिमले फोनको होम स्क्रिलाई नयाँ रुप दिन्छ। यस एप्लिकेशनको साइज ८.५ एमबी रहेको छ।
 
लिङ्क बबल लन्चर
 
इन्टरनेट प्रयोग गर्दा नयाँ लिङ्क खोल्दा बारम्बार नयाँ ब्राउजर खुल्ने गर्छ। यस्तो समस्याबाट छुटकारा पाउन यस एप्लिकेशनले मद्दत गर्छ। २.५ एमबी साइज भएको यस एप्लिकेशनलाई प्रयोग गर्न फोनमा एन्ड्रोइ ४.१ जेलीबिन वा सो भन्दा बढी अपरेटिङ सिस्टम हुनु पर्छ।
 
माइटी टेक्स्ट
 
यस एप्लिकेशनले एन्ड्रोइड प्रयोगकर्ताहरुले फोनको सट्टामा कम्प्युटरमा म्यासेज रिप्लाई गर्न सकिन्छ। मोबाइल फोनका साथै यस एप्लिकेशनको साइज र अपरेटिङ सिस्टम बदलिने  गर्छ।
 
एव्रिथिङ मी
 
यो एप्लिकेशन लन्चर यूनिभर्सल सर्च इन्जिनका साथ आउँछ। यसले फोनको होम स्क्रिन एप्लिकेशनलाई स्तह व्यवस्थित गर्छ। यसका साथै यस एप्लिकेशनले फोन प्रयोगकर्तालाई चाहिने एप्लिकेशनको पनि सुझाव दिन्छ। 
 
गुगल नाउ लन्चर
 
सामसुङ र एचटिसी फोन प्रयोगकर्ताले गुगल नाउ लन्चर एप्लिकेशन आफ्नो फोनमा इन्स्टल गर्न सक्नेछन्। यस एप्लिकेशनका मद्दतले फोनलाई भ्वाइस कन्ट्रोल पनि गर्न सकिन्छ। १४ एमबी साइज रहेको यस एप्लिकेशनलाई प्रयोग गर्नका लागि फोनमा एन्ड्रोइड ४.१ जेलीबिन भन्दा बढीको अपरेटिङ सिस्टम हुनु पर्छ।
 
फक्सफी
 
यस एप्लिकेशनका मद्दतले बिना कुनै शुल्क तिरेर आफ्नो फोनलाई हट स्पटका रुपमा पनि प्रयोग गर्न सकिन्छ। यस एप्लिकेशनका मद्दतले मोबाइल फोनको डाटा सजिलै कम्प्युटर वा ल्यापटपमा सार्न सकिन्छ। २०६ केबी साइज रहेको यस एप्लिकेशनलाई प्रयोग गर्न फोनको अपरेटिङ सिस्टम एन्ड्रोइड २.२ फ्रोयो भन्दा हुनुपर्छ।
 
स्लाइडिङ एक्सप्लोरर
 
यो एप्लिकेशन एक उत्तम फाइल एक्सप्लोरर एप्लिकेशन मध्ये एक रहेको छ। यसको मद्दतले फोनको ममोरी कार्डमा सेभ गरिएका फाइललाई कम्प्युटर सरह फाइल सेभ गर्न सकिन्छ। १.८ एमबी साइज रहेको यो एप्लिकेशन प्रयोग गर्न फोनको अपरेटिङ सिस्टम ४.०.३ आइसक्रिम स्यान्डविच भन्दा माथिको अपरेटिङ सिस्टम हुनुपर्ने हुन्छ।
 
एयरड्रोइड
 
यो एप्लिकेशन पनि केही हदसम्म माइटी टेक्स्ट जस्तै छ। यसमा टेक्स्ट म्यासेजका साथै अन्य कार्य जस्तै नोटिफीकेशन र फाइल पनि सार्न मिल्छ। यसको साइज र अपरेटिङ सिस्टम पनि मोबाइल फोनका अनुसार फेरीने गर्छ।

निःशुल्क फोटो इडिट गर्न मिल्ने १० वेबसाइटहरु !

फोटो इडिट गर्नका लागि थुप्रै एप तथा सफ्टवेयरहरु रहेका छन्। यस्तै फोटो इडिटका लागि थुप्रै निशुल्क वेबसाइटहरु पनि रहेका छन्। यस्ता वेबसाइटमा फोटो इडिट गर्न नजान्नेहरुका लागि वेबसाइटमा इडिट गर्न सिकाउने भिडियो र टेक्स ट्यूटोरियलहरु पनि उपलब्ध छन्।
 
निशुल्क अनलाइन फोटो इडिटका लागि केही लोकप्रिय वेबसाइटहरु यसप्रकार रहेका छन् र यी वेबसाइटहरुमा गएर आफुलाई मनपर्ने तरिकाले फोटोहरु इडिट गर्न सकिन्छ। 
 
–फोटोसप एक्सप्रेसः यसका लागि फोटोसप डट कममा जाने।
 
–बिफंकीः यसका लागि ब्लग बिफंकी डट कममा जाने।
 
–पिक मंकीः यसका लागि पिक मंकी डट कममा जाने।
 
–पिक्स्लर ओ म्याटिकः यसका लागि पिक्स्लर डट कम/ओ म्याटिक मा जाने।
 
–फोटो फ्लेक्सरः यसका लागि फोटो फ्लेक्सर डट कममा जाने।
 
–फोटोभिसिः यसका लागि फोटाभिसि डट कममा जाने।
 
–पिजापः यसका लागि पिजाप डट कममा जाने।
 
–फोटोफनियाः यसका लागि फोटाफनिया डट कममा जाने।
 
–फन फोटो बक्सः यसका लागि फन फोटो बक्स डट कममा जाने।
 
–ब्लिङ्गीः यसका लागि ब्लिङ्गी डट कममा जाने।