Wednesday, 2 September 2015

नेपालमा पाइने सोनीका माेबाइल (मूल्य सहित)






मोबाइल अहिले मानिसका लागि आधारभूत अवश्यकताको चिज भइसकेको छ।  गोजीमा अटाउने मोबाइल फोनमा दिनदिनै नयाँनयाँ सुविधाहरु थपिइरहेका छन् ।
 
मोबाइल फोनको लोकप्रियता दिनदिनै बढिरहेको छ।  हरेक मोबाइल निर्माता कम्पनीहरु धेरै सुविधायुक्त र सहुलियत दरको स्मार्टफोन उत्पादन गर्ने होडबाजीमा रहेका छन्। 
 
नेपालमा पनि स्मार्टफोनहरुले आधिपत्य जमाइसकेका छन्। नयाँ नयाँ प्रविधिका स्मार्टफोनहरु नेपालमा पनि लोकप्रिय छन्। सामसुङ, एप्पल, सोनी, माइक्रोम्याक्स, श्यायोमी, कलर्स, नोकिया, लाभा,  जियोनी, हुवावे, पानासोनिक, कार्वन, ब्ल्याकबेरी, एचटिसी आदि नेपालमा लोकप्रिय ब्राण्डहरु हुन्। 
 
जापानको कम्पनी सोनीको नेपालमा आधिकारिक विक्रेता नेपा हिमा ट्रेड लिंक प्रा.लि हो। 
 
नेपालमा लोकप्रिय यी मोबाइल ब्राण्डमध्ये सोनीका केही प्रचलित एक्सपेरिया सिरिजका स्मार्टफोनहरु र यिनीहरुको मूल्य यहाँ उल्लेख गरिएको छ। 
 
सोनी एक्सपेरिया इ ४ डुअलको करिब १४ हजार रुपैयाँ पर्छ जुन एक्सपेरिया सिरिजको सस्तो स्मार्टफोन अन्तरगत पर्छ।
 


सोनी एक्सपेरिया एम २ सिंगल सिम र डुअल सिमको मूल्य १९ हजार ५ सय र  २० हजार ५ सय रुपैयाँको हाराहारीमा रहेको छ भने एम २ आक्वा वाटरप्रुफको मूल्य करिब २५ हजार ५ सय रुपैयाँ रहेको छ। त्यस्तै सोनी एक्सपेरिया सी ३ को मूल्य २५ हजार ५ सयकै हाराहारीमा छ।


३० हजार रुपैयाँको हाराहारीमा आउने सोनीका स्मार्टफोनहरु भनेको एक्सपेरिया टी२ अल्ट्रा, एम४ आक्वा र एक्सपेरिया टी ३ हुन्।


त्यस्तै एक्सपेरिया जेड १ र जेड २ भने ४२ हजार रुपैयाँको हाराहारीमा आउने स्मार्टफोनहरु हुन्। 
 
एक्सपेरिया सिरिजका महंगा मोबाइलमध्ये जेड ३ कम्प्याक्टको मूल्य करिब ५७ हजार र जे ३ को मूल्य करिब ६२ हजार रुपैयाँ रहेको छ। 















No comments:

Post a Comment