Wednesday, 2 September 2015

८ एप्स जसले फोनलाई दिन्छ नयाँ स्वरुप

एन्ड्रोइड एप स्टोर र आईओएस एप्लिकेशन स्टोरमा लाखौं एप्लिकेशन छन् जसले फोनलाई व्यवस्थित राख्ने काम गर्छन्। केही यस्ता एप्लिकेशन पनि छन् जसले फोनलाई फ्रेन्डली र फोनको स्क्रिनलाई पनि नयाँ रुप दिन्छ। गुगल प्ले स्टोरबाट यस्ता एप्लिकेशन निःशुल्क डाउनलोड गर्न सकिन्छ।
 
बज लन्चर
 
एन्ड्रोइड फोनमा यस एप्लिकेशनले स्क्रिन रिप्लेसमेन्टको काम गर्छ। यसमा भएका विभिन्न रङ्गका थिमले फोनको होम स्क्रिलाई नयाँ रुप दिन्छ। यस एप्लिकेशनको साइज ८.५ एमबी रहेको छ।
 
लिङ्क बबल लन्चर
 
इन्टरनेट प्रयोग गर्दा नयाँ लिङ्क खोल्दा बारम्बार नयाँ ब्राउजर खुल्ने गर्छ। यस्तो समस्याबाट छुटकारा पाउन यस एप्लिकेशनले मद्दत गर्छ। २.५ एमबी साइज भएको यस एप्लिकेशनलाई प्रयोग गर्न फोनमा एन्ड्रोइ ४.१ जेलीबिन वा सो भन्दा बढी अपरेटिङ सिस्टम हुनु पर्छ।
 
माइटी टेक्स्ट
 
यस एप्लिकेशनले एन्ड्रोइड प्रयोगकर्ताहरुले फोनको सट्टामा कम्प्युटरमा म्यासेज रिप्लाई गर्न सकिन्छ। मोबाइल फोनका साथै यस एप्लिकेशनको साइज र अपरेटिङ सिस्टम बदलिने  गर्छ।
 
एव्रिथिङ मी
 
यो एप्लिकेशन लन्चर यूनिभर्सल सर्च इन्जिनका साथ आउँछ। यसले फोनको होम स्क्रिन एप्लिकेशनलाई स्तह व्यवस्थित गर्छ। यसका साथै यस एप्लिकेशनले फोन प्रयोगकर्तालाई चाहिने एप्लिकेशनको पनि सुझाव दिन्छ। 
 
गुगल नाउ लन्चर
 
सामसुङ र एचटिसी फोन प्रयोगकर्ताले गुगल नाउ लन्चर एप्लिकेशन आफ्नो फोनमा इन्स्टल गर्न सक्नेछन्। यस एप्लिकेशनका मद्दतले फोनलाई भ्वाइस कन्ट्रोल पनि गर्न सकिन्छ। १४ एमबी साइज रहेको यस एप्लिकेशनलाई प्रयोग गर्नका लागि फोनमा एन्ड्रोइड ४.१ जेलीबिन भन्दा बढीको अपरेटिङ सिस्टम हुनु पर्छ।
 
फक्सफी
 
यस एप्लिकेशनका मद्दतले बिना कुनै शुल्क तिरेर आफ्नो फोनलाई हट स्पटका रुपमा पनि प्रयोग गर्न सकिन्छ। यस एप्लिकेशनका मद्दतले मोबाइल फोनको डाटा सजिलै कम्प्युटर वा ल्यापटपमा सार्न सकिन्छ। २०६ केबी साइज रहेको यस एप्लिकेशनलाई प्रयोग गर्न फोनको अपरेटिङ सिस्टम एन्ड्रोइड २.२ फ्रोयो भन्दा हुनुपर्छ।
 
स्लाइडिङ एक्सप्लोरर
 
यो एप्लिकेशन एक उत्तम फाइल एक्सप्लोरर एप्लिकेशन मध्ये एक रहेको छ। यसको मद्दतले फोनको ममोरी कार्डमा सेभ गरिएका फाइललाई कम्प्युटर सरह फाइल सेभ गर्न सकिन्छ। १.८ एमबी साइज रहेको यो एप्लिकेशन प्रयोग गर्न फोनको अपरेटिङ सिस्टम ४.०.३ आइसक्रिम स्यान्डविच भन्दा माथिको अपरेटिङ सिस्टम हुनुपर्ने हुन्छ।
 
एयरड्रोइड
 
यो एप्लिकेशन पनि केही हदसम्म माइटी टेक्स्ट जस्तै छ। यसमा टेक्स्ट म्यासेजका साथै अन्य कार्य जस्तै नोटिफीकेशन र फाइल पनि सार्न मिल्छ। यसको साइज र अपरेटिङ सिस्टम पनि मोबाइल फोनका अनुसार फेरीने गर्छ।

No comments:

Post a Comment